Nepal's Trusted Health Online Portal

थप ११३ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ४७१ पुगे

Get real time updates directly on you device, subscribe now.

२२ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र ११३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २० जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ५४९ आरटी पीसीआर विधि र १ हजार १७५ एन्टिजेन गरी जम्मा २ हजार ७२४ नमुना परीक्षण गरिएकोमा ११३ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ७९ हजार ९९८ र एन्टिजेन विधीबाट १ लाख ४० हजार ५५९ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६७ हजार ५७५ केस संक्रमणमुक्त भएको छ । अब देशभर सक्रिय संक्रमितको संख्या ४७१ जना पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.७ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.