Nepal's Trusted Health Online Portal

शनिबार थप १०२ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या ६०५

Get real time updates directly on you device, subscribe now.

२५ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र १०२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३१ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ५३९ आरटी पीसीआर विधि र १ हजार ७६ एन्टिजेन गरी जम्मा २ हजार ६१५ नमुना परीक्षण गरिएकोमा १०२ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ८० हजार २१३ र एन्टिजेन विधीबाट १ लाख ४० हजार ६२२ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६७ हजार ६५६ केस संक्रमणमुक्त भएको छ । अब देशभर सक्रिय संक्रमितको संख्या ६०५ जना पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.७ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.