२७ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र १६८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३७ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ८३४ आरटी पीसीआर विधि र १ हजार १८६ एन्टिजेन गरी जम्मा ३ हजार २० नमुना परीक्षण गरिएकोमा १६८ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ८० हजार ४४६ र एन्टिजेन विधीबाट १ लाख ४० हजार ६७८ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६७ हजार ७२४ केस संक्रमणमुक्त भएको छ । अब देशभर सक्रिय संक्रमितको संख्या ७७० जना पुगेको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.७ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।