२ साउन, काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा एकको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको छ । संक्रमितमध्ये १.२ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ४५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ४८ जना संक्रमित निको भएका छन् । अब देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ ।