Nepal's Trusted Health Online Portal

थप ३५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १ हजार ९८२ पुगे

Get real time updates directly on you device, subscribe now.

३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ३५७ नमुना परीक्षण गर्दा ३५७ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ८५७ आरटी पीसीआर गर्दा २६८ र १ हजार ५०० एन्टिजेन विधीबाट परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ६२ जना भने संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ८२ हजार ६२ र एन्टिजेन विधीबाट १ लाख ४१ हजार ८८ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६८ हजार १२६ केस संक्रमणमुक्त भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५४ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.६ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

अब देशभर १ हजार ९८२ कोरोना भाइरसका सक्रिय संक्रमित पुगेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.