Nepal's Trusted Health Online Portal

थप ९१५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ५ हजार ४३३

Get real time updates directly on you device, subscribe now.

१८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार २ नमुना परीक्षण गर्दा ९१५ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९१ आरटी पीसीआर गर्दा ५९० र २ हजार ९११ एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३०१ जना भने संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट ९ लाख ८८ हजार ३२७ र एन्टिजेन विधिबाट १ लाख ४३ हजार ५२६ पुगेको छ । संक्रमितमध्ये ९ लाख ७० हजार ९२६ केस संक्रमणमुक्त भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९६८ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.२ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

अब देशभर ५ हजार ४३३ कोरोना भाइरसका सक्रिय संक्रमित पुगेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.