२४ साउन, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले ६३ औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा)का लागि आवेदन खुल्ला गरेको छ ।
मंगलबार सूचना जारी गर्दै काउन्सिलले २०७९ असोज ६ देखि ८ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको हो ।
आयोगका अनुसार लाइसेन्स परीक्षाका लागि साउन २४ गते देखि भदौ २२ गतेसम्म अनलाइनमार्फत नियमीत आवेदन फारम भर्न सकिने छ भने भदौ २३ र २४ गते दुई दिन विलम्ब शुल्क तिरेर फारम बुझाउन सकिने व्यवस्था गरिएको छ ।
अनलाइन आवेदन फारम भर्ने र बुझाउने व्यवस्था चौबिसै घण्टा हुनेछ । परीक्षा सञ्चालन इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक, ललितपुरमा कम्प्युटर प्रविधीबाट हुनेछ ।
