७ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ९४९ नमुना परीक्षण गरिएकोमा ६३४ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ७५७ आरटी पीसीआर गर्दा ३४३ र २ हजार १९२ एन्टिजेन विधिबाट परीक्षण गर्दा २९१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४१७ जना भने संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट ९ लाख ९५ हजार ९८९ र एन्टिजेन विधिबाट १ लाख ४९ हजार ५८५ पुगेको छ । संक्रमितमध्ये ९ लाख ७९ हजार ७७४ केस संक्रमणमुक्त भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९९४ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.४ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।
अब देशभर ४ हजार २२१ कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।