Nepal's Trusted Health Online Portal

३,४२३ परीक्षण गर्दा २८६ जनामा कोरोना संक्रमण, ४७९ निको भए

Get real time updates directly on you device, subscribe now.

५ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप २८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ४२३ नमुना परीक्षण गरिएकोमा २८६ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ८१६ आरटी पीसीआर गर्दा २०२ र १ हजार ६०७ एन्टिजेन विधिबाट परीक्षण गर्दा ८४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४७९ जना भने संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट ९ लाख ९५ हजार २४१ र एन्टिजेन विधिबाट १ लाख ४९ हजार ४१ पुगेको छ । संक्रमितमध्ये ९ लाख ७८ हजार ९०१ केस संक्रमणमुक्त भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९९२ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.४ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

अब देशभर ४ हजार ३४८ कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.