४ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ३३७ नमुना परीक्षण गरिएकोमा २९९ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ६७० आरटी पीसीआर गर्दा १८० र २ हजार ६६७ एन्टिजेन विधिबाट परीक्षण गर्दा ११९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५७७ जना भने संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट ९ लाख ९५ हजार ३९ र एन्टिजेन विधिबाट १ लाख ४८ हजार ९५७ पुगेको छ । संक्रमितमध्ये ९ लाख ७८ हजार ४२२ केस संक्रमणमुक्त भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९९२ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.३ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।
अब देशभर ४ हजार ६२५ कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।