Nepal's Trusted Health Online Portal

शुक्रबार ६२३ जनामा कोरोना संक्रमण पुष्टि, ४८७ निको भए

Get real time updates directly on you device, subscribe now.

३ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ६२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ९४५ नमुना परीक्षण गरिएकोमा ६२३ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ६२१ आरटी पीसीआर गर्दा २४६ र ३ हजार ३२४ एन्टिजेन विधिबाट परीक्षण गर्दा ३७७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४८७ जना भने संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट ९ लाख ९४ हजार ८५९ र एन्टिजेन विधिबाट १ लाख ४८ हजार ८३८ पुगेको छ । संक्रमितमध्ये ९ लाख ७७ हजार ८४५ केस संक्रमणमुक्त भएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९९० जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.३ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।
अब देशभर ५ हजार २४ कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

 

 

(स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार  swasthyapost@gmail.com मा पठाउनुहोस्)

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.