२ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ५४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ९३० नमुना परीक्षण गरिएकोमा ५४२ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ८२ आरटी पीसीआर गर्दा २२४ र २ हजार ८४८ एन्टिजेन विधिबाट परीक्षण गर्दा ३१८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४२१ जना भने संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट ९ लाख ९४ हजार ६१३ र एन्टिजेन विधिबाट १ लाख ४८ हजार ४६१ पुगेको छ । संक्रमितमध्ये ९ लाख ७७ हजार ३५८ केस संक्रमणमुक्त भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९९० जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.३ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।
अब देशभर ५ हजार २६५ कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।