१ भदौ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा क्षेत्रको उच्च शिक्षा तहमा अध्यापन गर्ने शिक्षकको (फ्याकल्टी) न्यूनतम योग्यतासम्बन्धी मापदण्ड–२०७९ कार्यविधि जारी गरेको छ ।
कार्यविधि अनुसार आयोगले जारी गरेको मापदण्ड चिकित्सा शिक्षा क्षेत्रको उच्च शिक्षा तहमा अध्यापन गर्ने प्राध्यापक, सह–प्राध्यापक र उपप्राध्यापकका लागि लागु हुनेछ ।
आयोगले गुणस्तरीय शिक्षाका लागि भन्दै राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २१ बमोजिम विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थाका उच्च शिक्षा तहमा पढाउने शिक्षकहरुका लागि न्यूनतम योग्यताको मापदण्ड सम्बन्धी कार्यविधि बनाएको हो ।
आयोगको कार्यकारी समितिले राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ४६ बमोजिम आयोगको मिति २०७७ साउन ३० को बैठकबाट प्रत्यायोजित अधिकारको आधारमा ३ परिच्छेदको कार्यविधि जारी गरेको हो ।
कार्यविधिअनुसार विश्वविद्यालय, प्रतिष्ठान वा शिक्षण संस्था अन्तर्गत मेडिकल र डेन्टलतर्फको शिक्षक (फ्याकल्टी) हुनको लागि सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ ।
त्यस्तै डिएम/एमसिएच वा सो सरह तह र कार्यक्रमका लागि सम्बन्धित विषयमा डिएम/एमसिएच वा एमडी/एमएस वा सो सरहको उपाधि प्राप्त गरेको हुनपर्नेछ ।
डिएम/एमसिएच वा सोसरह तह र कार्यक्रमबाहेका चिकित्सा शिक्षाका अन्य तह र कार्यक्रमका लागि न्यूनतम स्नातकोत्तर तह वा सो सरह उपाधि प्राप्त गरेको हुनपर्ने मापदण्ड कार्यविधिमा छ ।
प्राध्यापकका लागि सम्बन्धित विषयमा डिएम, एमसिएच, पिएचडी वा सोसरह वा स्नातकोत्तर वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको र सह–प्राध्यापक तहमा कम्तीमा ५ वर्ष अनुभव प्राप्त गरेको वा स्नातकोत्तर तहको शैक्षिक योग्यता हासिल गरी १५ वर्ष शिक्षण/सेवा अनुभव गरेको हुनुपर्नेछ ।
कार्यविधिको पूर्णपाठः