१९ मंसिर, काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएपछि डा.कार्कीले काउन्सिल सदस्यबाट राजिनामा दिएकी हुन् ।
डा.कार्कीले आइतबार नेपाल मेडिकल काउन्सिलमा पुगेर राजिनामा बुझाएको काउन्सिल स्रोतले पुष्टि गरेको छ ।
नेपाल मेडिकल काउन्सिलको सदस्य लाभको पद भएको भन्दै डा.कार्कीको उम्मेद्वारी निर्वाचन आयोगले खारेज गरेको थियो । आयोगको निर्णय विरुद्ध डा.कार्की सर्वोच्च गइन् । सर्वोच्च अदालतले उनको उम्मेद्वारी कायम गर्न आदेश दिएको थियो ।