Nepal's Trusted Health Online Portal

थापाथली प्रसूति अस्पतालबाट शिशु चोरी

Get real time updates directly on you device, subscribe now.

११ फागुन, काठमाडौं । थापाथली प्रसूति गृह अस्पताल परिसरबाट नवजात शिशु चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

काभ्रेकी एक महिलाले जन्माएकी २६ दिनको छोरी चोरी भएको उजुरीमा उल्लेख छ । उजुरीमा उल्लेख गरिएअनुसार अस्पताल परिसरमा बच्चा एकछिन हेरीदिने भन्दै एक महिलाले लिएर गायब भएकी थिइन् ।

महिलालाई बच्चा एकछिन दिएर आमा रिपोर्ट लिन जाने क्रममा शिशु चोरी भएको अस्पताल स्रोतले बताएको छ ।

प्रहरीका अनुसार शुक्रबार आमा र शिशुको फलोअप जाँचका लागि अस्पताल लगिएको थियो ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार सीसीटीभी फुटेजमा एक महिलाले बच्चा लिएर गएको देखिन्छ ।

शुक्रबार दिउँसो १२ बजे बच्चा चोरी भएको भन्ने सूचना प्राप्त भएपछि अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार उक्त महिलाको खोजी भइरहेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.