Nepal's Trusted Health Online Portal

काँडाघारीमा भेटियो थापाथली प्रसूति अस्पतालबाट चोरी भएको शिशु

Get real time updates directly on you device, subscribe now.

१२ फागुन, काठमाडौं । थापाथली प्रसूति गृह अस्पताल परिसरबाट चोरी भएको शिशु काँडाघारीमा फेला परेको छ ।

शुक्रबार प्रसूति अस्पतालबाट गायब भएको शिशु काठमाडौंको काँडाघारी क्षेत्रमा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।

काभ्रेकी एक महिलाले जन्म दिएकी २६ दिनको नवजात शिशु शुक्रबार थापाथली प्रसूति गृह परिसरबाट चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

अस्पतालबाट बच्चा लैजाने महिला दैलेखकी मनकुमारी सिंह भएको प्रहरीले बताएको छ । शुक्रबार राती नै उनलाई शिशुसहित नियन्त्रणमा लिएको छ ।

सीसीटीभी देखिएको फुटेजको आधारमा प्रहरीले उक्त महिला र शिशुको खोजी तीब्र बनाएको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.