६ पुस, काठमाडौँ । आज विश्व ध्यान दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले २०२४ देखि डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।
दिवसको अवसरमा विश्वव्यापी रुपमा लगातार ३२ घण्टासम्म ध्यान कार्यक्रम आयोजना गरिने भएको छ ।
नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ ।
विश्व ध्यान दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयेजना हुँदैछन् । नेपाल महर्षि वैदिक फाउन्डेसन अन्तर्गतका ध्यान केन्द्र, ग्लोवल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलमा आज बिहानको रुद्राभिषेक पछि ८ः४५ बजे सामूहिक ध्यानको आयोजना हुने जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले ६ डिसेम्बर २०२४ मा डिसेम्बर २१ लाई ध्यान दिवसको रुपमा घोषणा गरेको थियो ।
Comments are closed, but trackbacks and pingbacks are open.