Nepal's Trusted Health Online Portal

टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गरिने

Get real time updates directly on you device, subscribe now.

१६ जेठ, काठमाडौँ । सरकारले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालामा स्तरोन्नति गर्ने भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो प्रयोगशालालाई सबै प्रकारका नमुना परीक्षण हुने अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालामा स्तरोन्नति गर्न पूर्वाधार विकास गरिने जानकारी दिए ।

उनले प्रयोगशालाको पूर्वाधार विकास साथै यन्त्र उपकरण र जनशक्ति व्यवस्थापन गरिने बताए ।

अर्थमन्त्री पौडेलले यसबाट नमुना परीक्षणका लागि विदेश पठाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिए ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.