१८ साउन, मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अस्पतालबाट घर फिर्ता हुनुभएको छ । पिसाबसम्बन्धी सङ्क्रमणपछि काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार गराइएको र स्वास्थ्यमा सुधार आएकाले आज उहाँ घर फिर्ता हुनुभएको हो ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रकाश चौलागाईले हेटौँडास्थित सरकारी निवासमा रहेका बेला गत साउन १४ गते राति समस्या देखिएपछि उहाँ अर्को दिन थप उपचारका लागि काठमाडौँ आउनुभएको बताउनुभयो ।
प्रदेश प्रमुख देवकोटा भोलिदेखि नियमित काममा फर्किने जानकारी प्राप्त भएको उहाँले उल्लेख गर्नुभयो । रासस
Comments are closed, but trackbacks and pingbacks are open.