७ जेठ, काठमाडौं । विराटनगरको कोशी अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो परीक्षणहरुमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको हो ।
आज डिस्चार्ज हुनेहरुमा ५ जना भारतीय जमाती र ३ जना उदयपुर, भुल्केका वासिन्दा रहेको छन् । उनीहरुलाई गत बैशाख ५ र ९ गते कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।
बुधबार डिस्चार्ज भएकाहरुमध्ये ५ जना भारतीय जमातीहरुलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाइन र उदयपुरका ३ जनालाई भुल्केमा पठाइएको कोशी अस्पताल स्रोतले जनाएको छ ।
यससँगै नेपालमा ४५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । २ जना संक्रमितको मृत्यु भएको छ भने अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् ।