७ जेठ, काठमाडौं । बुधबारसम्म नेपालभर थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नयाँ २५ जना संक्रमितहरु थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताएका छन् ।
थपिएका नयाँ संक्रमितहरुमा बाँके जिल्लाका ६ जना रहेका छन् । बाँके नरैनापुर गाउँपालिका–०५ का १७, २०, २८, ३० र ४० बर्षीय पुरुषहरु तथा बाँकेकै खजुरा गाउँपालिका–०५ का २७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कपिलवस्तु जिल्लामा नयाँ १३ जनामा संक्रमण देखिएको छ । कपिलवस्तुको विजयनगर क्वारेन्टाइनमा रहेका २२, ३५ र ४८ बर्षीय पुरुषहरु तथा महाराजगञ्ज गाउँपालिकाका १० का ३, ४ र ६ वर्षका बालिकाहरु, १६, २५ र ३२ बर्षका महिलाहरु तथा १२, २०, २४ र ३४ वर्षका पुरुषहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
त्यस्तै नवलपरासी पश्चिम जिल्लाको सुस्ता गाउँपालिका–०५ को बेलवानी क्वारेन्टाइनमा रहेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनकुटाका २८, २९, ३५ र ३७ बर्षीय पुरुषहरु र २४ बर्षकी १ युवतीमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । गुल्मीका एक शिक्षकको भने अवस्था गम्भिर रहेको र आइसियू कक्षमा भेन्टीलेटर सपोर्टमा उपचार भईरहेको रुपन्देहीस्थित क्रिमसन अस्पतालले जनाएको छ ।
यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या ४२७ पुगेको छ । २ जना संक्रमितको मृत्यु भएको छ । संक्रमितहरुमध्ये ४५ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् ।