Nepal's Trusted Health Online Portal

काठमाडौंको मैतीदेवी क्षेत्र सिल

Get real time updates directly on you device, subscribe now.

जेठ ७, काठमाडौं । कोरोेना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएपछि काठमाडौं महानगरपालिकाको मैतीदेवी क्षेत्र सिल गरिएको छ ।

मंगलबार रामेछापमा भेटिएका कोरोना संक्रमित मैतीदेवीमा बस्ने गरेको जनाइएको छ । सिल गरिएको क्षेत्रमा कोही पनि व्यक्तिलाई आवतजावत तथा हिँडडुल गर्न निषेध गरिएको छ ।

रामेछापको खाँडादेवी गाउँपालिका–०१ ठेगाना भएका संक्रमित बैशाख ३० गते काठमाडौं आएका थिए । उनको परिवार तथा सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरी प्रयोशाला पठाउने कार्य भइरहेको छ ।

सिल गरिएको क्षेत्रमा अहिले प्रहरी परिचालन गरिएको छ ।

 

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.