Nepal's Trusted Health Online Portal

काठमाडौं सहितका ९ जिल्लामा थपिए एकैपटक ७२ कोरोना संक्रमित, संक्रमित संख्या ६७५ पुग्यो

Get real time updates directly on you device, subscribe now.

१२ जेठ, काठमाडौं । नेपालमा सोमबार बिहान एकैपटक थप ७२ जनाको ठूलो संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं सहितका ९ जिल्लाका ७२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या ६७५ पुगेको छ । ३ जना संक्रमितको मृत्यु भएको छ । संक्रमितहरुमध्ये १०५ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.