Nepal's Trusted Health Online Portal

४ महिने शिशुसहित नारायणी अस्पतालबाट थप १८ जना कोरोना संक्रमित डिस्चार्ज

नेपालभर १०५ जना कोरोनामुक्त भए

Get real time updates directly on you device, subscribe now.

१२, जेठ । नारायणी अस्पतालमा उपचाररत १८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

अस्पतालमा उपचाररत एकै परिवारका १८ जना आइतबार राती नै डिस्चार्ज भएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेहरुमा ४ महिनाको शिशु देखि ६६ बर्षका वृद्धसम्म छन् ।

डिस्चार्ज भएकाहरु वीरगञ्ज महानगरपालिका–०३ छपकैयाका एकै परिवारका सदस्यहरु हुन् । गत बैशाख २१ ग्ते वीरगञ्जका एक युवकमा कोरोना भएकोमा उनको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षण गर्दा परिवारका १७ जनामा कोरोना संक्रमण पाइएको थियो ।

संक्रमितहरुको पछिल्लो कोरोना परीक्षण रिपोर्ट लगातार नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टा भित्र लगातार दुई पटकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा ७१ जना कोरोना संक्रमितको उपचार भईरहेको थियो । यसअघि शनिबार मात्रै ९ जना संक्रमितहरुलाई डिस्चार्ज गरिएपछि त्यहाँ ६२ जना संक्रमित उपचाररत थिए ।

यससंगै कोरोना संक्रमितमध्ये उपचारपछि निको भएर डिस्चार्ज हुनेको संख्या १०५ पुगेको छ । बाँकी सबै संक्रमित उपचाररत रहेका छन् भने ३ जना संक्रमितको ज्यान गएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.