Nepal's Trusted Health Online Portal

वीरगञ्जमा मत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि, २ गते पठाइएको स्वाबको १२ गते रिपोर्ट

Get real time updates directly on you device, subscribe now.

१२, जेठ । वीरगञ्जमा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचार गरिएका उनको मृत्यु पश्चात अन्त्यष्टि पनि गरिसकिएको छ ।

बाराका ७० बर्षीय वृद्धलाई गत जेठ २ गते वीरगञ्जको नेशनल मेडिकल कलेजको इर्मर्जेन्सीमा भर्ना गरिएको थियो । कोरोनाको शंका लागेपछि सोही दिन उनको स्वाब परीक्षणका लागि नारायणी अस्पतालको ल्याबमा पठाइएको थियो ।

उपचारको क्रममा जेठ ४ गते उनको मृत्यु भएको थियो । तर स्वाब पठाएको १० दिन पछि मात्र अस्पतालले रिपोर्ट पठाएको नेशनल मेडिकल कलेजका निर्देशक अविद हुसेन अन्सारीले स्वास्थ्य पोष्ट्लाई बताएका छन् ।

सिकिस्त बिरामीको रिपोर्ट ७२ घण्टा भित्र दिनु पर्ने हो तर बिरामीको मृत्यु भइसकेर पनि एक हप्ता बितेपछि रिपोर्ट आएको छ, ‘अन्सारीले भने यस बीचमा हामीले अस्पतालको ल्याबमा पटक पटक सम्पर्क गर्‍यौँ तर प्रक्रियामा छ मात्र भनियो ।’

अब के गर्ने भनेर पर्सा जिल्ला प्रशासनको बैठक बसीरहेको जानकारी प्रमुख जिल्ला अधिकारीले दिएको उनले बताएका छन् ।

मृतक वृद्धको कोरोनो पिसिआर रिपोर्ट पोजिटिभ आएपछि उनको उपचार भएको नेशनल मेडिकल कलेज सिल गर्ने तयारी भइरहेको छ ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सँख्या ४ पुगेको छ । यसअघि सिन्धुपाल्चोककी २९ बर्षीय सुत्केरी महिला, बाँकेका २५ बर्षीय युवक र गुल्मीका ४१ बर्षीय शिक्षकको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.