Nepal's Trusted Health Online Portal

निरोगी नेपाल निर्माणका लागि प्रधानमन्त्रीको पाँच टिप्स

Get real time updates directly on you device, subscribe now.

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा निरोगी नेपाल निर्माणका लागि पाँच टिप्स सुझाएका छन् ।

कोरोना महामारीको यस विषम् परिस्थितिमा यस भाइरस विरुद्धको नयाँ खोप पत्ता नलागेसम्म यस महामारीमाथि नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै हाम्रो आनीबानी र आहार–विहारमा आवश्यक सतर्कता अपनाउनु हो भन्ने विज्ञहरुको भनाइ रहेको भन्दै प्रधानमन्त्रीले पाँच कार्य गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीले सुझाएका ५ टिप्सः
१. पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।
२. दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारीरिक र श्वास-प्रश्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।
३.  तेस्रो, भाइरस फोहोरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुवैको सरसफाईमा एकदमै ध्यान दिऊँ ।
४. चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ ।
५. पाँचौं, उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधी विरुद्धको लडाईँमा कमजोर तुल्याउँछ ।

प्रधानमन्त्री ओलीले भाइरसलाई व्यक्तिबाट व्यक्तिमा सर्न नदिन सामाजिक दूरी कायम गर्न र हरेकले प्रतिरोधी क्षमता बृद्धि गर्ने उपाय अवलम्वन गर्न पनि आग्रह गरेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.