१२, जेठ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप ४३ जना कोरोना संक्रमित उपचारपछि एकैपटक डिस्चार्ज भएका छन् ।
संक्रमितहरुको पछिल्लो कोरोना परीक्षण रिपोर्ट लगातार नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
डिस्चार्ज भएकाहरुमध्ये २ जना पत्रकार पनि रहेका छन् । डिस्चार्ज हुनेहरुमा ४० पुरुष र ३ जना महिला रहेका छन् ।
यसअघि नारायणी अस्पतालमा उपचाररत संक्रमितहरुमध्मे शनिबार ९ र आइतबार राति १८ जना संक्रमितहरुलाई डिस्चार्ज गरिएको थियो ।