काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक रुपमा आयोजना गर्दै आएको पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले १ सय ८९ संक्रमण पुष्टि भएको बताएका हुन् ।
नयाँ थपिएका संक्रमित सहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना मुक्त भइ डिष्चार्ज हुनेको संख्या १३ रहेको छ ।
हालै कोरोना पुष्टि भएका जिल्ला र संख्या :
कपिल्वस्तु १०९
सर्लाही १७
दैलेख १४
सिरहा ९
सप्तरी ९
धनुषा ७
रौतहट ६
दाङ् ५
महोत्तरी ४
पर्सा २
संखुवासभा २
झापा १
ललितपुर १
बारा १