१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन चिनियाँ इशारामा चलेको र अहिलेको कोरोनाको महामारी नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै सम्बन्ध विच्छेदको घोषणा गरेका छन् ।
“विश्व स्वास्थ्य संगठन अहिले चीनको अधिनमा रहेको छ, अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रवार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भने । उनको यो घोषणा केही हप्ता अघि स्वास्थ्य संगठनलाइ दिइएको चेतावनीबीच आएको हो ।
ट्रम्पले हालैका हप्तामा विश्व स्वास्थ्य संगठनले आफुलाइ चीनको अधिनमा नरहेको पुष्टि गर्न नसकेकामा अमेरिकाले दिदैं आएको सहयोग कटौतीका साथै सम्बन्ध अन्त्य गर्ने चेतावनी दिएका थिए ।
“स्वास्थ्य संगठनलाइ दिदैं आइएको सहयोग अन्य संस्थालाइ दिइनेछ,’ ट्रम्पले घोषणा गरेका छन् ।
विश्व शक्ति राष्ट्र अमेरिकाले वार्षिक रुपमा स्वास्थ्य संगठनलाइ करिब ४ सय मिलियन अमेरिकी डलर सहयोग गर्दै आएको छ ।
आगामी राष्ट्रपति चुनावको लागि प्रचार प्रसारमा रहेका ट्रम्पले चीनले कोरोना संक्रमण नियन्त्रण गर्न पर्याप्त प्रयास नगरेको र यो कुरा लुकाउन खोजेको आरोप लगाउँदै आएका छन् ।
विश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोनाका कारण अहिलेसम्म अमेरिकामा मात्रै १ लाख २ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
ट्रम्पले शुक्रवार के भने ?
“आजबाट विश्व स्वास्थ्य संगठनसंगको हाम्रो सम्बन्ध अन्त्य हुँदैछ र हामीले दिदैं आइरहेको सहयोग अन्य क्षेत्रमा दिइनेछ,” ह्वाइट हाउसको रोज गार्डेनमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले भने ।
“अहिले सारा विश्व चीनियां सरकारको दुष्कर्मको परिणाम स्वरुप समस्यामा परिरहेको छ,” उनले भने । “अहिलेको यो महामारी चीनले सुरु गरेको हो जसका कारण अमेरिकामा मात्रै १ लाख बढी अमेरिकीको ज्यान गइसकेको छ ।”
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले विश्व स्वास्थ्य संगठनलाइ विश्वलाइ नै भ्रममा राख्न दबाब दिएको आरोप लगाएका छन् ।
अहिलेको आरोप पछाडिका कारण:
अघिल्लो महिनादेखि नै विश्व स्वास्थ्य संगठनको विरोधमा अभिव्यक्ति दिदै आएका ट्रम्पले अमेरिकी सहयोग अन्त्य गर्ने र सम्बन्ध तोड्ने चेतावनी दिदै आएका थिए । विश्व स्वास्थ्य संगठनले आफ्नो आधारभूत कर्तव्य पनि पुरा गर्न नसेको र कोरोना नियन्त्रणभन्दा बाहिर गएको दाबी गर्दै आएका छन् ।
“यो कुरा प्रष्ट रुपमा आइसकेको छ यो संस्थाले महामारीको विरुद् चालेका गलत कदमका कारण विश्वले नै ठूलो मूल्य चुकाउन परिरहेको छ,” गत मे १८ मा स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अढानोम घेब्राइससलाइ पत्रमा लेखेका छन् ।
त्यसको केही दिनमा उनले विश्व स्वास्थ्य संगठनलाइ चिनियाँ कठपुतलीको संज्ञा पनि दिएका थिए ।