Nepal's Trusted Health Online Portal

नेपालमा कोरोनाबाट छैठौं मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि

Get real time updates directly on you device, subscribe now.

१६ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट छैठौं व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकोे छ ।

जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीका एक युवकको मृत्यु भएको थियो । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–०९ का एक ती युवकको बाटोमै मृत्यु भएको थियो ।

मृत्यु पश्चात भैरहवाको प्रयोगशालामा स्वाब परीक्षण गर्दा बिहीबार उनको कोरोना पोजिटिभ पुष्टि भएको थियो

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । यसअघि सिन्धुपाल्चोककी २९ बर्षीय सुत्केरी महिला, बाँकेका २५ बर्षीय युवक, गुल्मीका ४१ बर्षीय शिक्षक, बारा कलैयाका ७० बर्षीय वृद्ध र ललितपुर बुङ्मतीका ५६ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.