Nepal's Trusted Health Online Portal

शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १२१२ पुग्यो

Get real time updates directly on you device, subscribe now.

१६ जेठ, काठमाडौं । नेपालमा शुक्रबार अपरान्हसम्ममा थप १७० जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।

डा.देवकोटका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २८० ओटा नमुनाको पिसिआर विधीबाट परीक्षण भएको छ ।

यससँगै नेपालभर कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । संक्रमितमध्ये २०६ जना निको भएका छन्, पछिल्लो २४ घण्टामा मात्र १९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । ६ जना संक्रमितको ज्यान गएको छ । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.