Nepal's Trusted Health Online Portal

जेठ ३२ गते सम्म लकडाउन थपियो, हवाई उडान असार १६ सम्म बन्द

Get real time updates directly on you device, subscribe now.

जेठ १७, काठमाडौं । सरकारले जारी देशव्यापी लकडाउनलाई लम्ब्याएर जेठ ३२ गते सम्म कायम राख्ने निर्णय गरेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप्ने निर्णय गरेको हो ।

यसअघि थपिएको लकडाउनको म्याद जेठ २० गते सम्मका लागि थियो । सरकारले गत चैत ११ गते देखि निरन्तर देशव्यापी लकडाउन जारी राख्दै आएको छ । कोरोना संक्रमित दिनानुदिन बढ्दै गइरहेको र कोरोनाको परीक्षण नै नभएकाको ज्यान गइरहेको परिप्रेक्ष्यमा सरकारले लकडाउनलाई जारी राख्ने निर्णय लिएको छ ।

कोरोना जोखिम क्षेत्रको आधारमा लकडाउनलाई कडाई र खुकुलो पार्ने सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री डा.युवराज खतिवडाले जानकारी दिएका छन् । मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटीबारे सरकारलाई सिफारिस गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन समेत दिएको छ ।

असार १६ गते सम्म हवाई उडान र अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ । त्यस्तै कोरोना अति प्रभावित क्षेत्रहरुमा आवश्यक परे सेना परिचालन गर्ने र सीमामा थप कडाई गर्न सशस्त्र र जनपथ प्रहरी थप्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले देश बाहिर रहेका नेपालीहरुलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने निर्णय पनि गरेको छ ।

चैत यता यो सम्म सरकारले लकडाउनको मिति ७ पटक थप गरिसकेको छ । दोस्रो पटक थप गरि बैशाख ३ गतेसम्म, तेस्रो पटक थप गरि बैशाख १५ गतेसम्म, चौथो पटक थप गरि बैशाख २५ गतेसम्म, पाँचौ पटक थप गरी जेष्ठ ५ गतेसम्म र छैठौँ पटक थप गरी जेठ २० गते सम्म लम्ब्याइएको लकडाउनलाई पुनः जेष्ठ ३२ गतेसम्मका लागि थपिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.