Nepal's Trusted Health Online Portal

स्वच्छ वातावरणले मात्र जीवन स्वस्थ हुन्छ : मुख्यमन्त्री कँडेल  

३ भदौ, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले स्वस्थ मानव जीवनका लागि वातावरण स्वच्छ राख्नुपर्ने बताउनुभएको छ । यही भदौ ४ गतेको कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसर पारेर सुर्खेत उद्योग वाणिज्य सङ्घद्वारा आज…

डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि लार्भा नष्ट गर्ने अभियान सुरु   

३ भदौ, खोटाङ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि खोटाङमा लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनामा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीमध्ये १२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएपछि नियन्त्रण गर्न अभियान…

स्वर्णप्राशनसम्बन्धी निर्देशिका स्वीकृत     

२ भदौ, काठमाडौं । आयुर्वेदको ग्रन्थ एवं शास्त्रीय मतानुसार प्रचलनमा रहेको स्वर्णप्राशन कार्यक्रमलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट उक्त निर्देशिका स्वीकृत गरेको छ ।…

नेपालबाट रूबेला निवारण भएको विश्व स्वास्थ्य संगठनको घोषणा

२ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालको सार्वजनिक स्वास्थ्य समस्याका रुपमा रहेको रूबेला रोग निवारण भएको घोषणा गरेको छ । दादुरा जस्तै देखिने रूबेला अर्थात (German measles) एक अत्यन्तै संक्रामक भाइरल संक्रमण हो । यो…

पच्चीस वर्षपछि क्यान्सर अस्पतालका भवनको नक्सापास   

२ भदौ, चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको भवनहरूको २५ वर्षपछि नक्सापास (अभिलेखीकरण) गरिएको छ । अस्पतालका २९ वटा भवनको एकैपटक नक्सापास गरिएको हो । विसं २०४९ मा शिलान्यास गरेर काम थालिएको अस्पताल विसं २०५६ बाट नियमित…

 सेवा बढाउँदै भक्तपुर क्यान्सर अस्पताल

२ भदौ, काठमाडौं । सरकारी तवरबाट सञ्चालित भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचारमा आफूलाई अब्बल बनाउँदै लगेको छ । अस्पतालले क्यान्सर उपचारका लागि विदेश जान नपर्ने गरी आफ्नो सेवा विस्तार गरेको छ । अस्पतालले ‘ब्रेन’मा हुने क्यान्सर उपचार…

स्वास्थ्यकर्मी मृत फेला   

२ भदौ, बैतडी । यहाँको एक स्वास्थ्य चौकीमा कार्यरत अनमी मृत फेला परेकी छन् । मृत फेला पर्नेमा पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत अन्दाजी २४ वर्षीया अनमी भागरथी विष्ट रहेकी छिन् । बस्ने कोठामा आइतबार राति ८…

प्रसूतिगृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर होः स्वास्थ्यमन्त्री पौडेल   

३१ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले महिला स्वास्थ्यसम्बन्धी विशिष्टीकृत अस्पतालका रुपमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर रहेको बताउनुभएको छ । परोपकार…

विशेषज्ञ आयुर्वेद चिकित्सक समाजमा नयाँ नेतृत्व, सभापतिमा डा पुनेश्वर केशरी

३१ साउन, काठमाडौं । विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले दुईवर्षे कार्यकालका लागि डा. पुनेश्वर केशरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । राजधानीमा शुक्रबारदेखि सुरु भएको समाजको…

महिला पत्रकारहरूका लागि तिलगंगाको दृष्टि जाँच र सचेतना कार्यक्रम

३० साउन, काठमाडौं । महिला पत्रकारहरूलाई आँखा स्वास्थ्यप्रति सजग बनाउन तिलगंगा आँखा प्रतिष्ठानद्वारा विशेष आँखा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत महिला पत्रकारहरूले सहभागिता जनाएका…