३ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय काठमाडौँ र बर्दियाका १/१ जना पुरुष र मोरङ, भक्तपुर, सुनसरी र चितवनका १/१ जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
नेपालमा बुधबार ६ सया ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
हालसम्म १७ हजार ७ सय जना अर्थात ६१.२ प्रतिशत कोरोना संक्रमित निको भएका छन् भने अब नेपालमा ११ हजार १ सय १८ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।