२० कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा ६ सय १ जना महिला र ७ सय ९७ जना पुरुषमा संक्रमण भएको स्वास्थ्य मन्त्रालयले बताएको छ
योसँगै उपत्यकाको काठमाडौँमा ६८ हजार ४ सय ४९, भक्तपुरमा ६ हजार २ सय ३२ र ललितपुरमा ९ हजार ६ सय ६३ जना गरी हालसम्म कोरोना संक्रमितको जम्मा संख्या ८४ हजार ३ सय ४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार ४ सय ३० जना संक्रमित निको भएका छन् भने १८ जना संक्रमितको मृत्यु भएको छ ।