२० कार्तिक, काठमाडौँ । नेपालमा विहीबार ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ३ सय ९८ जना काठमाडौँ उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६८ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय १४ जना पुगेको छ ।
नेपालमा हालसम्म १ लाख ८५ हजार ९ सय ७४ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०५२ पुगेको छ ।