१ माघ, काठमाडौँ । बिहीबार देशभर १८५ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । उपचारत संक्रमितमध्ये ३३ जना भेन्टिलेटर र १५२ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा १ जना, बागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा ६ जना, लुम्बिनीमा प्रदेशमा ७ जना, र सुदुरपश्चिम प्रदेशमा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यस्तै प्रदेश नं १ मा २ जना, बागमती प्रदेशमा जना, लुम्बिनी प्रदेशमा ५३ जना, गण्डकी प्रदेशमा ५३ जना, लुम्बिनीमा प्रदेशमा ४० जना कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा २ जना आई.सी.यु.मा उपचारत छन् ।
पछिल्लो २४ घण्टामा देशभरी ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ४ सय ५ जना संक्रमित निको भएका छन् भने ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।