२३ कार्तिक, काठमाडौँ । नेपालमा आइतबार २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ५ सय ३३ जना काठमाडौँ उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ नमुना परीक्षण गरिएको छ । जसमध्ये १ हजार १ सय ६६ महिला र १ हजार ६ सय ५१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा हालसम्म १ लाख ९४ हजार ४ सय ५३ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११०८ पुगेको छ ।