Nepal's Trusted Health Online Portal

काठमाडौँ उपत्यकामा १ हजार ५३३ जना कोरोना संक्रमित

Get real time updates directly on you device, subscribe now.

२३ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ५ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा ७ सय ७० जना महिला र ८ सय २३ जना पुरुषमा संक्रमण भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

योसँगै उपत्यकाको काठमाडौँमा ७२ हजार ६७, भक्तपुरमा ६ हजार ५ सय ७० र ललितपुरमा १० हजार १ सय ५३ जना गरी हालसम्म कोरोना संक्रमितको जम्मा संख्या ८ हजार ६ सय ८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार ८ सय १२ जना संक्रमित निको भएका छन् भने २१ जना संक्रमितको मृत्यु भएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.