१५ कार्तिक, काठमाडौँ । शनिबार देशभर ६९ जना कोरोना संक्रमितको भेन्टिलेटर र २९६ जनाको आई.सी.यु. कक्षमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा ३१ जना, प्रदेश नं. २ मा १२ जना, बागमति प्रदेशमा १८४ जना, गण्डकी प्रदेशमा १५ जना, लुम्बिनी प्रदेशमा ४५ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना आई.सी.यु.मा उपचाररत छन् ।
प्रदेश नं. १ मा ९ जना, बागमति प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभरी २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार २ सय ६४ जना संक्रमित निको भएका छन् भने १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।