Nepal's Trusted Health Online Portal

नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ७० पुग्यो

Get real time updates directly on you device, subscribe now.

२३ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पर्सा वीरगञ्ज महानगरपालिका–०९ माइस्थानका ४५ बर्षीय पुरुषकोे मृत्यु भएको छ । मधुमेह र उच्च रक्तचापको बिरामी उनको साउन २२ गते दिउँसो पाटन अस्पताल ललितपुरमा मृत्यु भएको हो ।

त्यस्तै पर्सा वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका ७९ बर्षीय पुरुषकोे मृत्यु भएको छ । उनको साउन २० गते राती घरमै मृत्यु भएकोमा मृत्यु पश्चात कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको होे ।

वीरगञ्ज महानगरपालिका–११ श्रीपुरकै ५७ बर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको साउन २२ गते बिहान ९ बजे गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । उनी मधुमेह, उच्च रक्तचाप र मुटुको रोगी थिए ।

सिराह गोलबजार नगरपालिका–१२ का २५ बर्षीय पुरुषको पनि कोभिड–१९ का कारण मृत्यु भएको छ । उनको साउन २२ गते राती १०:४५ बजे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । डायलायसिस गरिरहेका मृगौलाका बिरामी उनलाई जनकपुरबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो ।

सर्लाही बसन्तपुरका ४५ बर्षीय पुरुषकोे पनि मृत्यु भएको छ । उनको आज बिहान पाटन अस्पतालमा मृत्यु भएको हो ।

नेपालमा हालसम्म २२ हजार २१४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमितमध्ये १५ हजार ८१४ जना संक्रमण मुक्त भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.