Nepal's Trusted Health Online Portal

काठमाडौँ उपत्यकामा शुक्रबार एकैदिन १०६ कोरोना संक्रमित थपिए

Get real time updates directly on you device, subscribe now.

२३ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार १०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण दिनदिनै तीब्र गतिमा फैलिइरहेको छ ।

उपत्यकाको काठमाडौँ जिल्लामा ९२, ललितपुरमा १० र भक्तपुरमा ४ जना गरी १०६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार मुलुकभरी थपिएका ४६४ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै १०६ जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा ललितपुरका ३ र काठमाडौँका १४ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका २, ललितपुरका ३ र काठमाडौँको ३९ जना, पाटन अस्पताल ललितपुरको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ५, भक्तपुरका १ र ललितपुरका २ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

त्यस्तै वीर अस्पताल काठमाडौँको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ४ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १ जना, नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंका ७ जना, स्टार अस्पताल सानेपाको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ११ र ललितपुरका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

बिआइडिएच ल्याब ललितपुरको प्रयोगशालामा भएको परीक्षणमा ललितपुरका १ जना, र काठमाडौँका २ जना, ह्याम्स अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ४ जना, नेपाल–कोरिया मैत्री अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका १ र काठमाडौँका १ जना, सुर्या हेल्थ केयर काठमाडौँको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ४ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यका भित्र कोरोना संक्रमित ९८२ जना पुगेका छन् । काठमाडौँमा ७६६, ललितपुरमा १३४ र भक्तपुरमा ८२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.