१३ भदौ, काठमाडौं । नेपालमा शनिबार थप ८ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ४२ महिला र ६ सय ४२ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या संख्या ३७ हजार ३ सय ४० पुगेको छ । नेपालमा हाल १६ हजार ५ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् ।
विगत २४ घण्टामा १० हजार ९ सय ७१ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको पिसिआर परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय १३ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म २० हजार ५ सय ५५ जना निको भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ५५% रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
हाल ८ हजार ३५ जना क्वारेन्टिनमा रहेका छन् भने १० हजार १ सय ४५ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ६ हजार ४ सय ४५ जना होम आइसोलेसनमा रहेका छन् । १७५ जना आइसियुमा उपचाररत रहेका छन् । २२ जना भेन्टिलेटरमा उपचाररत छन् ।
मन्त्रालयका अनुुसार मोरङ, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही बारा, ललितपुर र काठमाडौं गरी ९ वटा जिल्लामा संक्रमितको संख्या ५ सय भन्दा माथि रहेको छ भने मुस्ताङ र हुम्ला गरी २ वटा जिल्ला संक्रमण मुक्त भएका छन् ।