१३ भदौ । काठमाडौँ उपत्यकामा शनिबार १८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
केही दिन यता दिनहुँ कोरोना संक्रमणको प्यारामिटर उकालो चढिरहेको उपत्यकामा शनिबार भने झरेको छ ।
शनिबार काठमाडौँमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ९८ पुगेको छ । शनिबार मुलुकभरी ८ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३ सय १३ जना संक्रमित निको भएका छन् ।