Nepal's Trusted Health Online Portal

शनिबार थप १२ जना कोरोना संक्रमितको ज्यान गयो, मृतक संख्या २०७ पुग्यो

उपत्यकामा ५ जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

१३ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट शनिबार पनि थप १२ जनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ महिला र ९ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय पाल्पाकी ३० वर्षीया, काठमाडौँकी ५१ वर्षीया र भक्तपुरकी ६२ वर्षीय महिलाको मृत्यु भएको छ ।

त्यस्तै पर्साका ४८ र ३९ वर्षीय दुई पुरुष, सिराहाका ८४ वर्षीय एक पुरुष, गोरखाका ३८ वर्षीय एक पुरुष, कास्कीका ५८ वर्षीय एक पुरुष, काठमाडौँका ८३ वर्षीय एक पुरुष, ललितपुरका ७२ र ६१ वर्षीय दुई पुरुष तथा भक्तपुरका ८२ वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ । संक्रमितमध्ये ०.५५ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.