Nepal's Trusted Health Online Portal

बुधबार ८८५ कोरोना संक्रमित थपिए, ३८५ निको भए

Get real time updates directly on you device, subscribe now.

१० भदौ, काठमाडौं । नेपालमा बुधबार थप ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ९९ महिला र ५ सय ८६ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या संख्या ३४ हजार ४ सय १८ पुगेको छ । नेपालमा हाल १४ हजार ७ सय ३९ जना सक्रिय संक्रमित रहेका आइसोलेसनमा छन् ।

विगत २४ घण्टामा १३ हजार २ सय ५३ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म ६ लाख ३५ हजार २ सय ५२ जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ८५ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म १९ हजार ८ सय ८९ जना निको भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ५६.६% रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

हाल ९ हजार ८ सय ३२ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ७ सय ११ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ६ हजार २८ जना होम आइसोलेसनमा रहेका छन् । १५१ जना आइसियुमा उपचाररत रहेका छन् । १४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका अनुुसार मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही बारा र काठमाडौं गरी ७ वटा जिल्लामा संक्रमितको संख्या ५ सय भन्दा माथि रहेको छ भने मुस्ताङ र हुम्ला गरी २ वटा जिल्ला संक्रमण मुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.