Nepal's Trusted Health Online Portal

उपत्यकामा बुधबार ३०१ कोरोना संक्रमित थपिए

Get real time updates directly on you device, subscribe now.

१० भदौ । काठमाडौँ उपत्यकामा बुधबार ३०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबार उपत्यकामा कोरोना संक्रमण सुरु भएयता सबैभन्दा बढी संक्रमण पाइएको हो ।

उपत्यकाको काठमाडौँ जिल्लामा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार २० पुगेको छ । बुधबार मुलुकभरी ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३ सय ८५ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.