Nepal's Trusted Health Online Portal

एडिबीले नेपाललाइ दियो ३ करोड बराबरका स्वास्थ्य सुरक्षा सामाग्री

Get real time updates directly on you device, subscribe now.

४ असार, काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले ३ करोड नेपाली रुपैंया बराबरका स्वास्थ्य सुरक्षा सामाग्री नेपाल सरकारलाइ हस्तान्तरण गरेको छ ।

कोरोना महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाइ सुरक्षित राख्नका लागि एडिबीले संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)लाई प्रदान गरेको तीन लाख डलर बराबरको अनुदानबाट सुरक्षा सामग्री किनेर नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

कोभिड–१९ महामारीविरुद्ध जारी प्रतिकार्यमा नेपाललाई सघाउन आज हस्तान्तरण गरिएका आपत्कालीन स्वास्थ्य सामग्री तथा उपकरण नेपालभरिका कोभिड–१९ अस्पतालमा ‘आइसोलेशन वार्ड’ तयार गर्न प्रयोग हुने एडिबीले जनाएको छ ।

त्यसैगरी युनिसेफले कोभिड–१९ फैलिन नदिन नेपाल सरकार तथा अन्य साझेदारसँग निकट सम्पर्कमा रहेर सहकार्य गरिरहेको र सक्दो सहयोग पनि गरिरहेको बताइएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.