४ असार, पोखरा । गण्डकी प्रदेशमा बिहीबार बिहन मात्रै थप ४२ जनामा कोभिड १९ संक्रमित पुष्टी भएको छ । गण्डकी प्रदेशको नवलपरासी पूर्वका १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा एक जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या २८९ पुगेको हो ।
मनाङको चामे गाउँपालिकामा कार्यरत कविलवस्तु जिल्लाको बाढगंगा निवासी ५७ वर्षीय पुरुष बाहेक अरु सबै भारतबाट आएर स्थानीय तहको क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको जनाइएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार मनाङमा कार्यरत ती व्यक्ति केही समय अगाडि कपिलवस्तु स्थित घर पुगेर मनाङ फर्किएकाले परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको थियो ।
गण्डकी प्रदेशको मनाङमा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको हो । निर्देशनालयका अनुसार बिहीबार थपिएका नवलपरासीका १८ जना मध्य मध्यविन्दु नगरपालिकाका २१, ३५, ३२, १८, ३२, ४५, ३४, ४३, २५, ११, २०, १७, ४०, ३० र ३९ वर्ष र एक उमेर नखुलेका पुरुष, गैडाकोट नगरपालिकाका २८ वर्षीय पुरुष, तनहुँको ऋषिङ गाउँपालिकाका ४०, ३१, २०, २३, २४, २७, २१ वर्षीय पुरुष, भानु नगरपालिकाका २२, ४२, ४०, ५२ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिकाका १८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यस्तै गोरखाको पालुङ्टार नगरपालिकाका ४६, ४५, ४३, २८, २३ र ४१ वर्षीय पुरुष, ४० वर्षीय महिला र शहिद लखन गाउँपालिकाका ५४, ३१, ३८ र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । कोरोना संक्रमण पुष्टी भएका सबैलाई जिल्लाहरुमा स्थापना गरिएका आइसोलेसनमा राखेर उपचार गर्ने तयारी सुरु गरिएको छ ।
नवलपरासीमा गण्डकी प्रदेशमै सबैभन्दा धेरै कोरोना संक्रमित रहेका छन् । पछिल्लो विवरण अनुसार नवलपरासी पुर्वमा ८४, स्याङ्जामा ६४ जना, बागलुङमा ४१ जना, गोरखामा ३६ जना, पर्वतमा २९ जना, तनहुँमा २३ जना, कास्कीमा ७ जना, म्याग्दीमा ३ जना र लमजुङ र मनाङमा एक १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण भएका २८९ जना मध्य २२ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कीसकेको र एक जनाको मृत्यु भएको छ ।