Nepal's Trusted Health Online Portal

काठमाडौँका ८५ बर्षीय वृद्धको कोरोनाका कारण मृत्यु

Get real time updates directly on you device, subscribe now.

१९ असार, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण काठमाडौँमा एक जना वृद्धको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ नयाँ बानेश्वरका ८५ बर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको हो ।

छाती दुख्ने र पिसाव कम हुने समस्या भएपछि उनलाई काठमाडौँको एक निजि अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसियुमा उपचार गराइएका उनको उपचारकै क्रममा १७ गते राती ११ बजे मृत्यु भएको थियो ।

उनलाई उच्च रक्तचाप र पार्किन्सस्को समस्या रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनको पिसिआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो ।

स्वास्थ्य मन्त्रालयले शुक्रबारको नियमित प्रेस ब्रिफङ्मा उनको मृत्युबारे जानकारी गराएको हो । तर मृतकको कोरोना पुष्टि मृत्युअघि कि पछि भएको हो भन्नेबारे मन्त्रालयले स्पष्ट पारेको छैन । १७ गते राती उनको मृत्यु भएपनि मन्त्रालयले शुक्रबारमात्रै कोरोनाका कारण मृत्यु भएको जानकारी दिएको हो ।

यससँगै नेपालभर कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.